बाढीका कारण १६५ घर डुबानमा, ८० घर परिवार विस्थापित काठमाडौं। नेपाल प्रहरीका अनुसार बाढीको कारण देशभर १६५ वटा घर डुबानमा परेका छन्। डुबानमा परेकामध्ये ७४ वटा घर, ५ वटा गोठ, ६ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ८० वटा घर परिवार विस्थापित भएका छन् भने ४९२ वटा पशु चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ। अविरल वर्षाको कारण देशभर ९९ वटा विपदजन्य घटना भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्