अमेरिका र रुस एक–अर्का देशमा राजदूत बहाल गर्न सहमत एजेन्सी। अमेरिका र रुस एक–अर्का देशमा राजदूत बहाल गर्न सहमत भएका छन्। हिजो स्वीट्जरल्याण्डको जेनेभामा भएको अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको भेटवार्तामा उक्त सहमति बनेको हो। केही महिना अघि अमेरिका र रुसबीच तनाव बढ्दा दुवै देशले एक–अर्का देशका राजदूतलाई आफ्नो देश फिर्ता पठाएका थिए। हिजो दुवै देश राजदूत वहाल गर्न सहमत भएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्