पछिल्लो चौबिस घण्टामा बाढी–पहिरो र अविरल वर्षाका घटनामा २८ जना बेपत्ता काठमाडौं। बितेको चौबिस घण्टामा देशभर बाढी, पहिरो र अविरल वर्षाका घटनामा परी २८ जना बेपत्ता भएका छन्। ती घटनाले २ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सिन्धुपाल्चोकमा १६, जाजरकोटमा ७ र बाजुरा, गोरखा, प्युठान, काभ्रे र अर्घाखाँचीमा एक–एक जना बेपत्ता भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्