आज पृथ्वीजयन्ती मनाइँदै

काठमाडौं। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस मनाइँदैछ।

सिंहदरबार पश्चिम मूलद्वारमा नेपाल प्रज्ञा–प्रतिष्ठानले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोह गर्दैछ।

त्यहाँ अवस्थित राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनकोे योगदानको स्मरण गरिने छ।

२७ पुस १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए।

नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ।

मुलुकको विकास र समृद्धिका लागि सुशासन कायम गर्न 'घुस दिने र लिने दुवै देशका शत्रु हुन्' भन्ने शाहको धारणा सँधै स्मरण योग्य छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा नेपाल पुुलिस क्लब प्रदर्शनी मार्गमा आज दिउँसो चियापान कार्यक्रमको आयोजना गरेको छ।

प्रतिक्रिया दिनुहोस्