हेलम्बुमा हेलिकप्टरबाट राहत सामग्री लगिँदै काठमाडौं। स्वास्थ्य तथा जनसंख्यमन्त्री शेरबहादुर तामाङको पहलमा आज बाढीपहिरो पीडित हेलम्बुमा राहत सामग्री लिएर सेनाको हेलिकप्टर पठाउने तयारी रहेको छ। सडक भत्किएकाले हेलिकप्टरबाट राहत सामग्री लैजान लागेको बताइएको छ। पीडितलाई अत्यावश्यक त्रिपाल, खाद्यान्न र स्वास्थ्य सामग्री पुर्‍याउन लागेको मन्त्री तामाङको सचिवालयले जानकारी दिएको छ। सबैभन्दा धेरै प्रभावित मेलम्ची क्षेत्रमा राहत सामग्री वितरण र उद्दार कार्य जारी रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्