काठमाडौं। कालम हड्सन–ओडोईले प्रिमियर लिगमा पहिलो गोल गरेको दिन चेल्सीले स्टामफोर्ड ब्रिजमा बर्नलीमािथ ३–० को विजय हासिल गरेको छ।
इङ्ल्यान्डका विंगर हड्सन–ओडोईले ४९औं मिनेटमा सेसर एजपिलिक्वेटाको पासलाई पोष्टको दिशा दिएका थिए। उनको गोललाई अफ साइडको शंका गरिए पनि भिडियो सहायक रेफ्री (भिएआर)ले गोल भएको मान्यता दिएको थियो।
‘अन्तत गोल भयो। आज म धेरै खुशी छु,’ हड्सन–ओडोईले भने, ‘एजपिलिक्वेटाको पास कसैले नछोए म पक्का गोल गर्छु भनेर सोचेको थिए। त्यस्तै भयो।’
त्यसअअघि चेल्सीले घरेलु मैदानमा जर्जिन्होको पेनाल्टी गोलबाट २७औं मिनेटमा अग्रता लिएको थियो। म्याट लोटनले विलियानलाई फाउल गरेपछि चेल्सीले पेनाल्टी अवसर पाएको थियो। ३८औं मिनेटमा टमी अब्राहमले अग्रता दोब्बर बनाएका थिए।
जितका चेल्सी चौथो स्थानमा यथावत छ। चेल्सीले ३९ अंक जोडेको छ। जुन तेस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा पाँच अंक पछि हो भने पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडभन्दा पाँच अंकले माथि हो। बर्ननी भने २४ अंकका साथ १५औं स्थानमा छ।
यसअघि चेल्सीले लगातार तीन वटा घरेलु खेलमा पराजिय भएको थियो। त्यो हारको शृंखलाको रोक्न चेल्सी आज सफल भयो। चेल्सीले अब अर्को शनिबार न्युक्यास युनाइटेडको भ्रमण गर्नेछ।