देशभर मौसम बदली भइ केही स्थानमा भारी वर्षाको सम्भावना काठमाडौं।आज देशभरको मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मनसुनी वायुको प्रभावका कारण प्रदेश–१, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भईरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली भई देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम,लुम्बिनी र प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्