काठमाडौं। मार्कुस राशफोर्डको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले आज इङ्लिस प्रिमियर लिगमा पुछारको क्लब नर्विच सिटीमाथि ४–० को सहज विजय हासिल गरेको छ। युनाइटेडबाट राशफोर्डको यो २००औं खेल हो।
युनाइटेडबाट २००औं खेल खेल्ने राशफोर्ड तेस्रो सबभन्दा युवा खेलाडी बने। उनले २७औं मिनेतमा हुवा माटाको क्रसलाई पोष्टको दिशा दिएका थिए। शुरूबाटै नर्विचलाई दबाबमा राखेको युनाइटेडका राशफोर्डले ५२औं मिनेटमा अग्रता दोब्बर बनायो।
दास्रो गोल राशफोर्डले पेनाल्टीमा गोल गरेका थिए। नर्विचका गोलकिपर टिम क्रुलले ब्रेन्डोन विलियम्सलाई पेनाल्टी क्षेत्रमा लडाएपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। त्यसको दुई मिनेट नबित्दै एन्थोनी मार्सियालले माटाको पासमा अर्को गोल थपे।
खेल सकिन १४ मिनेट बाँकी रहँदा बैकल्पिक खेलाडी मासोन ग्रिनउडले अर्को गोल थपेपछि युनाइटेडले घरेलु मैदानमा सानदार जित निकाल्यो। जितसँगै पाँचौ स्थानमा रहेको युनाइटेडको ३४ अंक भएको छ। जुन चौथो स्थानको चेल्सीभन्दा पाँच अंकले पछि हो। नर्विच सिटी भने १४ अंकका साथ पुछारमा छ।
युनाइटेडले अब प्रिमियर लिगमा जवनरी १९ मा लिभरपुलको भ्रमण गर्नेछ। त्यसअघि एफए कपमा उल्भरह्याम्पटनविरुद्ध खेल्नेछ।
आजै सम्पन्न अर्को खेलमा उल्भरह्याम्पटनले न्युक्यासल युनाइटेडसँग १–१ को बराबरी खेल्यो। मिगुएल अल्मिरोनको गोलमा न्युक्यासलले सातौं मिनेटमै अग्रता लिएको थियो। त्यसको सात मिनेट वित्न नपाउँदै उल्भरह्याम्पटनका लिन्डर डेन्डोनकरले बराबरी गोल फर्काए। उल्भरह्याम्पटन सातौं स्थानमा छ भने न्युक्यासल १३औं स्थानमा छ।