काठमाडौं। हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएपछि मनाङ मर्स्याङ्दीका प्रशिक्षक धनेश्वर प्रजापतिले रेफ्रीमाथि रोष प्रकट गरेका छन्।
“हामीले अहिलेसम्म ६ खेल खेल्यौं। अरू ११ जनाविरुद्ध खेल्छन्, हामी १५ जनाविरुद्ध खेल्छौं। रेफ्री सधैँ हामीविरूद्ध हुन्छन्”, प्रजापति भन्छन्, “हामी चाहिं बेन्चबाट उठ्नै नहुने तर उताबाट ३–४ जना उठे पनि केही नगर्ने। आज हाम्रो खेलाडीले रातो कार्ड पाएको फाउल पनि ५०–५० को अवस्था थियो।”
सुरज विश्वकर्माले ७२औं मिनेटमा रातो कार्डको सामना गरेपछि मनाङले बाँकी समय १० खेलाडीमा सीमित भएर खेलेको थियो। स्टेफन समिर डीउबेनीलाई फाउल गरेपछि सुरजले रातो कार्डको सामना गरेका थिए।
मछिन्द्र क्लबविरुद्धको खेलमा मैदानभित्र नै हात हालाहाल भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले २४ पुसमा मनाङका तीन खेलाडी र एक अफिसियललाई कारबाही गरेको थियो।
मनाङका जगजित श्रेष्ठ पाँच खेलका लागि निलम्बनमा परेका छन्। त्यस्तै अशोक बराल ६ खेल तथा रञ्जन विष्ट र किट्स म्यानेजर शिव लामालाई दुई खेलका लागि निलम्बन गरिएको छ। तथापि प्रशिक्षक प्रजापतिले खेलाडीको कारबाहीले आफ्नो टोलीलाई खास फरक नपरेको बताए।
बराबरीपछि मनाङ तेस्रो स्थानमा कायमै छ। मनाङले ६ खेलबाट १२ अंक जोडेको छ।
आजै भएको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई पराजित गरेको मछिन्द्र क्लब शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब १२ अंकका साथ दोस्रो स्थानमा छ।
हिमालयन शेर्पाका प्रशिक्षक सञ्जीव बुढाथोकीले पनि रेफ्रीको निर्णयमा असन्तुष्टि व्यक्त गरे। उनले भने, “रेफ्रीको व्यहोरा नै ठीक छैन। खेलाडीले अपील त गर्न पाउँछ नि। खेलाडीले अपील गर्दा पनि थर्काउँछ।”
हिमालयन शेर्पाका प्रशिक्षक बुढाथोकीले राम्रो स्ट्राइकर नहुँदा गोल हुन नसकेको बताए।
हिमालयन शेर्पाले अहिलेसम्म एक मात्र गरेको छ भने चार गोल खाएको छ। बराबरीसँगै हिमालयन शेर्पा ११औं स्थानमा उक्लिएको छ।
हिमालयन शेर्पाको चार अंक छ। हिमालयनले समान चार अंक जोडेको सशस्त्र प्रहरी बल (एपीएफ)लाई गोलअन्तरमा पछि पारेको हो। तथापि एपीएफले एक खेल कम खेलेको छ।
" /> काठमाडौं। हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएपछि मनाङ मर्स्याङ्दीका प्रशिक्षक धनेश्वर प्रजापतिले रेफ्रीमाथि रोष प्रकट गरेका छन्।“हामीले अहिलेसम्म ६ खेल खेल्यौं। अरू ११ जनाविरुद्ध खेल्छन्, हामी १५ जनाविरुद्ध खेल्छौं। रेफ्री सधैँ हामीविरूद्ध हुन्छन्”, प्रजापति भन्छन्, “हामी चाहिं बेन्चबाट उठ्नै नहुने तर उताबाट ३–४ जना उठे पनि केही नगर्ने। आज हाम्रो खेलाडीले रातो कार्ड पाएको फाउल पनि ५०–५० को अवस्था थियो।”

">