नेटोको चेतावनीपछि चीनले उडायो ताइवान माथि २८ वटा लडाकू विमान बीबीसी। नर्थ अट्लान्टीक ट्रिटी अर्गनाइजेसन (नेटो)ले चीनको सैनिक चुनौतीलाई लिएर चेतावनी दिएलगत्तै चीनले ताइवानको आकाशमा २८ वटा लडाकू विमान उडाएको छ। ताइवानले यसलाई आफ्नो वायुरक्षा क्षेत्रमा चीनले घुसपैठ गरेको आरोप लगाएको छ। यति ठूलो घुसपैठ चीनले ताइवानको आकाशमा यसअघि गरेको थिएन्। घुसपैठ गरेका केही चिनियाँ विमान परमाणु हतियार प्रहार गर्न सक्षम खालका रहेका थिए।चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्