जेनेभामा पुटिन र बाइडेन आमने–सामने बीबीसी। जेनेभामा आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति जो बाइडेन आमने–सामने भएका छन्। बाइडेन अमेरिकाको राष्ट्रपति भएपछि यो उनको पुटिनसँग पहिलो प्रत्यक्ष भेट हो। अन्तर्राष्ट्रिय कूटनीतिकका दृष्टिले अहिले विश्वको ध्यान यो भेटवार्तामा अडेको छ। अमेरिका र रुसबीच थुप्रै मुद्दामा तनाव बढिरहेका बेला दुई राष्ट्रपतिले भेटवार्ता गरेका हुन्। युक्रेनमा रुसी भूमिका लगायतका विषय भेटमा बाइडेनले उठाउने अनुमान गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्