चार दिनमा बाढी–पहिरोमा परी १४ जना बेपत्ता काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी पछिल्लो चार दिनमा१४ जना बेपत्ता भएको नेपाल प्रहरीले बताएको छ। बाढी–पहिरोमा परी सिन्धुपाल्चोकमा७ जना र जाजरकोटमा७ जना गरी१४ जना बेपत्ता भएका छन्। बेपत्ता भएकामध्ये१० जना पुरुष र ४ जना महिला छन्। वेपत्ताको खोजीकार्य जारी छ। बाढी र पहिरोमा परी सो अवधिमा ४ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्