काठमाडौं। जोजे माउरिन्होको टोटेनह्यामले आज राति इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब लिभरपुलविरुद्ध खेल्दैछ। प्रशिक्षक माउरिन्होलाई कप्तान ह्यारी केनको चोटले सताएको छ।

लिभरपुलविरुद्ध खेल्नुअघि टोटेनह्यामका प्रशिक्षक माउरिन्होले केनको स्थान कुनै पनि खेलाडीले लिन नसक्ने बताए। ह्यामस्ट्रिङ चोटका कारण केन आगामी अप्रिलसम्म मैदान बाहिर हुनेछन्। उनको शल्यक्रिया नै गर्नुपर्ने क्लबले जनाएको छ। केनबिना टोटेनह्यामले अरूबेला जस्तो प्रदर्शन गर्न नसक्ने प्रशिक्षक माउरिन्हो बताउँछन्। “केनबारे धेरै कुरा गर्नुपर्‍यो भने म निराश हुन्छु। सबैलाई थाहा छ, अब हामी केन टीममा भए जस्तो खेल्न सक्दैनौं”, माउरिन्होले भने, “केनको स्थान लिन सक्ने अर्को खेलाडी छैन।”

इङ्ल्यान्डका कप्तानसमेत रहेका केनले जारी सिजन क्लब र देशका लागि ३१ खेलमा २७ गोल गरिसकेका छन्। मिडफिल्डर मोउसा सिसोको पनि घाइते छन्।

ड्यानी रोज र पहिलो रोजाइका गोलकिपर ह्युगो लोरिस पनि चोटमुक्त भएर फर्किएका छन्। तथापि ह्युगो लोरिसले हल्का अभ्यास मात्र गरेका छन्। त्यसैले लोरिस खेल्नेमा शंका छ। गत अक्टोबरमा उनको कुहिना भाँचिएको थियो।

खेलाडीको चोटबाट लिभरपुल पनि पूर्णरूपमा मुक्त छैन। मिडफिल्डर जेम्स मिल्नर, नाबी केइटा घाइते छन् भने रक्षक डेजन लोभरेन, जोएल माटिप पनि खेल्नेमा शंका छ। तथापि मिडफिल्डर फाबिन्हो भने फर्किने सम्भावना छ।

टोटेनह्याम शीर्ष चारमा पर्न संघर्ष गरिरहेको छ भने लिभरपुलले शीर्ष स्थानमा १३ अंकको अग्रता लिएको छ। लिभरपुलले अझै एक खेल कम खेलेको छ।

टोटेनह्याम लिभरपुलभन्दा २८ अंकले पछाडि छ। लिभरपुलले अपराजित रहँदै गत वर्षको सिजन अन्त्य गरेको हो। लिभरपुलले प्रिमियर लिगको जारी सिजन २० खेलमा १९ खेल जितेको छ भने एक खेल बराबर खेलेको छ।

माउरिसियोे पोचेट्टिनोलाई बर्खास्त गरेपछि टोटेनह्यामले माउरिन्होलाई नियुक्त गरेको हो। माउरिन्होले टोटेनह्याममा सकारात्मक नतिजा दिएका छन्। तथापि क्रिष्टमस र नयाँ वर्षमा भने माउरिन्हो सफल हुन सकेनन्। चेल्सीसँग पराजित भएको टोटेनह्यामले ब्राइटनमाथि २–१ को नतिजा निकाले पनि पुछारको क्लब नर्विच सिटीसँग बराबरीमा रोकिएको थियो।

नयाँ वर्षमा पनि टोटेनह्याम साउथह्याम्पटनसँग पराजित भयो। त्यस्तै एफए कपको खेलमा पनि टोटेनह्याम दोस्रो श्रेणीको क्लब मिडल्सब्रोसँग बराबरी खेलेको थियो।

माउरिन्होले लिभरपुलविरुद्ध २८ पटक खेलेका छन्। त्यसमध्ये १२ खेल जितेका छन् भने सात खेल मात्र हारेका छन्। उनी पछिल्लो पटक म्यानचेस्टर युनाइटेडमा हुँदा पराजित भएका थिए। २०१८ डिसेम्बरमा एनफिल्डमा ३–१ ले पराजित भएपछि युनाइटेडमा माउरिन्होको जागिर गएको थियोे।

" /> काठमाडौं। जोजे माउरिन्होको टोटेनह्यामले आज राति इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब लिभरपुलविरुद्ध खेल्दैछ। प्रशिक्षक माउरिन्होलाई कप्तान ह्यारी केनको चोटले सताएको छ।

"> माउरिन्होले लिभरपुरलाई राेक्लान् ?: Dekhapadhi
माउरिन्होले लिभरपुरलाई राेक्लान् ?

प्रतिक्रिया दिनुहोस्