बाढीपहिरो पीडितको उद्दार र राहतमा जुट्न एमालेको आव्हान काठमाडौं। एमालेले आज विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा बाढीपहिरोमा परी बिचल्ली परेका तथा बेपत्ता भएका नागरिकको उद्धार र राहत वितरण लागि तत्काल जुट्न जनप्रतिनिधि,पार्टी कमिटी र युवा पङ्तीलाई आव्हान गरेको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा तत्काल उद्धार र राहतका काम प्रभावकारी बनाउन,मृतकका परिवारलाई राहत उपलब्ध गराउन,बेपत्ताहरूको खोजी र बाढीले बेघरबार भएकालाई व्यवस्थित गर्न माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्