प्रेसिडेन्ट कप ब्याडमिन्टनः पाँचै स्वर्ण भारतलाई

काठमाण्डौं। प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज २०२० का पाँच स्पर्धामा भारतले स्वर्ण पदक जितेको छ।

भारतले पुरुष एकल र युगल, महिला एकल र युगल तथा मिक्स डबल गरी सबै स्पर्धामा स्वर्ण पदक जितेको हो।

पुरुष एकलतर्फ भारतका जुनियर नम्बर एक तथा विश्व जुनियर वरीयताको तेस्रो स्थानमा रहेका मिरबा लुवाङ्गले नेपालका प्रिन्स दाहाललाई २–१ को सेटमा पराजित गरे।

लुवाङ्गले दुबई इन्टरनेशलन सिरिजका विजेता प्रिन्स दाहाललाई २१–१६, २१–२३, २१–१५ ले पराजित गरेका हुन्। मिरबा भर्खरै बंगलादेशमा सम्पन्न बंगलादेश जुनियर इन्टरनेशनलको समेत विजेता हुन्।

पुरुष युगलतर्फ आर.विकास प्रभु र अरुण कार्तिक के. को जोडीले नेपालमा प्रिन्स दाहाल र पेम्बा शेर्पाको जोडीलाई १९–२१, २१–१४, २१–१६ ले हराउँदै स्वर्ण पदक जिते।

महिला एकलतर्फ पनि भारतकी तस्निम मिरले स्वर्ण पदक जितिन्। मिरले मलेसियाकी करुपथेभन लेत्शानालाई २१–१७, २१–१४ ले पराजित गरेकी हुन्।

महिला युगलमा ननधा के. र सानिया सिकन्दरको जोडीले नेपालका विष्णा विष्ट र प्रश्ना खत्रीको जोडीलाई २१–६, २१–६ को सेटमा पराजित गर्दै स्वर्ण पदक जिते।

मिक्स डबल्सतर्फ भारतका मुरुगप्पा केएस र सानिया सिकन्दरको जोडीले भारतकै आयन रशिद र तस्मिन मिरको जोडीलाई २१–१७, २१–१४ ले पराजित गर्दै स्वर्ण पदक जिते।

प्रतिक्रिया दिनुहोस्