रोल्पा–प्युठानको यातायात सेवा बन्द काठमाडाैं। भारी वर्षा र पहिरोको कारण रोल्पा, प्युठानको यातायात सेवा बन्द भएको लुम्बिनी प्रदेशका ट्राफिक प्रहरी प्रवक्ताले डिल्लीराज पाण्डेले जानकारी गराए। गोरुसिङ्गेदेखि सन्धिखर्क सडकको फुदवाङ, प्युठान देखि भालुवाङ सडकको सरुमारानी–४ मा पहिरो जादा सडकखण्ड अवरुद्ध भएको हो। जसले गर्दा रोल्पा, प्युठानको यातायात सेवा बन्द भएको पाण्डेले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्