सिन्धुपाल्चोकमा बाढीपहिरोको कहरः गत वर्ष मात्र ७१ जनाले ज्यान गुमाएका थिए काठमाडौं। सिन्धुपाल्चोकमा हिजो आएको बाढीपहिरोमा परी सात जनाको मृत्यु भएको छ। क्षतिको विवरण आउनेक्रम जारी छ। बाढीपहिरोका दृष्टिले पछिल्ला वर्षहरुमा सिन्धुपाल्चोक सबैभन्दा जोखिमपूर्ण जिल्लामध्येमा पर्छ। २०७२ वैशाख १२ गते गएको भूकम्पले झन् यो जिल्लाको भूवनोटलाई कमजोर बनाएको छ। गत वर्षमात्र सिन्धुपाल्चोकमा १८ वटा पहिरोका घटनामा ७१ जनाको मृत्यु, ३८ जना बेपत्ता र २३ जना घाइते भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्