आँधीखोलामा शव भेटियो स्याङ्जा। भीरकोट नगरपालिका–३ आँधीखोलामा एक पुरुषको शव फेला परेको छ। आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ। आज बिहान ६ बजेतिर स्थानीयबासीले शव देखेर प्रहरीलाई खबर गरेपछि वडा प्रहरी कार्यालय वालिङ र दहथुम प्रहरी चौकी बयरघारीबाट गएको प्रहरीको टोली र स्थानीयले शव निकालेका हुन् । अन्दाजी ५०÷५५ वर्षको जस्तो देखिने पुरुषको शवको सनाखत हुन सकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्