इजरायलद्वारा गाजा क्षेत्रमा हवाई हमला एजेन्सी। इजरायली वायु सेनाले गाजा क्षेत्रमा हवाई हमला गरेको छ। हमासले मंगलवार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर दक्षिण इजरायलमा पठाएको भन्दै हवाई हमला गरेको जनाएको छ। हमासको रेडियो स्टेसनले एउटा तालिम केन्द्र समेत निशानामा परेको जनाएको छ। बुधवार बिहानै गाजामा विस्फोटका आवाज सुनिएका थिए। मे २१ मा युद्धविराम गर्न इजरायल र हमास सहमत भएयताको यो सबैभन्दा ठूलो तनाव हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्