पहिरो नरोकिदा मध्यपहाडी लोकमार्ग खुलाउन समस्या पर्वत। पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनी–मालढुङ्गा सडक दुई दिन बितिसक्दा पनि खुल्न सकेको छैन। सोमबार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मङ्गलबार दिनभर पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको हो। कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर सडक अवरुद्ध भएको छ। मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्न थालेका छन्। सहस्रधारामा सडक बन्द
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्