सात वर्षीया बालिकामाथि यौन दुर्व्यवहार नुवाकोट। नुवाकोटमा सात वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको छ। दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिवपुरी गाउँपालिका–१ तलाखु खत्रीगाउँ बस्ने ६० वर्षीय सिँहबहादुर तामाङलाई मंगलबार पक्राउ गरेको छ। तामाङले ती बालिकालाई फकाई आफ्नो घरको चोटामा लगि आइतबार यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ। प्रहरी चौकी पाटीभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्