पानीको बहाव बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए चितवन। लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। मंगलबार नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले खतराको संकेत सतह पार गरेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको नवलपरासी पूर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन्। गण्डक ब्यारेजमा ढोका खोल्ने समयमा दुई लाख क्युसेक पानी मापन गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्