एपीएफ भलिबलकाे फाइनलमा <p>काठमाडौं। साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले आज नेपाल पुलिस क्लबलाई हराउँदै तेस्रो संस्करणको होङ्ग्वान्जी न्यू डायमण्ड खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।</p> <p>नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा सम्पन्न खेलमा एपीएफले विभागीय डर्बीमा पुलिस क्लबलाई ३&ndash;० को सोझो सेटमा हराएको हो। एपीएफले पुलिस क्लबलाई २५&ndash;१४, २५&ndash;१८, २५&ndash;१७ को सेटमा हराएको हो।</p> <p>एपीएफले समूह &lsquo;ए&rsquo; को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको थियो भने नेपाल पुलिस क्लब समूह &lsquo;बी&rsquo; को उपविजेता हो।</p> <p>एपीएफले भाेलि, २७ पुसमा उपाधिका लागि आयोजक न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। न्यु डायमण्ड र त्रिभुवन आर्मीबीचको खेल पनि आजै हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्