काबुसको खामभित्र हैयथमको नाम, पूर्वसंस्कृतिमन्त्री बने ओमानको नयाँ सुल्तान

काठमाडाैं। ओमानको नयाँ सुल्तानमा पूर्वसंस्कृति मन्त्री हैयथम बिन तारिक अल सइद नियुक्त भएका छन्। ओमानी सञ्चारमाध्यमका अनुसार आज बिहान उनले ओमानको सुल्तानका रूपमा शपथ लिएका छन्।

ओमानका सुल्तान काबुस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा २५ पुस साँझ निधन भएको थियो।

काबुसको इच्छाबमोजिम हैयथमलाई ओमानको सुल्तानमा नियुक्त गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।

स्वर्गीय सुल्तान काबुस अविवाहित थिए। उनको आफ्ना सन्तान नभएका कारण ओमानी सत्ता सम्हाल्ने उत्तराधिकारी यसअघि टुंगाे लागेको थिएन।

उनका तीन भाइलाई नै नयाँ ओमानी सुल्तानको उत्तराधिकारीको दाबेदार मानिएको थियो।

बन्द खाममा रहेको सुल्तान काबुसको इच्छापत्र बमोजिम हैयथमलाई ओमानको सुल्तान नियुक्त गरिएको हो।

काबुसले छाडेका बन्द खाम आज बिहान बसेको ओमानको शाही परिवार परिषद्को बैठकमा खोलिएको थियो। जसमा हैयथमको नाम लेखिएको थियो।

पढ्नुहाेस्ः

त्यो बन्द पत्रमा काबूसले आफ्नो उत्तराधिकारीमा कसको नाम लेखे होलान् ?

प्रतिक्रिया दिनुहोस्