परमाणु बमको संख्या घट्दैः विश्वका नौ देशसँग १३ हजार ८० परमाणु बम एजेन्सी।परमाणु हतियारमाथि निगरानी राख्दै आएको अन्तर्राष्ट्रिय संस्था सिपरीको अध्ययनले विश्वमा परमाणु बमको संख्या घटेको देखाएको छ। यो वर्ष चीन,रुस,अमेरिका,बेलायत, फ्रान्स,भारत,पाकिस्तान,इजरायल र उत्तर कोरियासँग १३ हजार ८० वटा परमाणु बम छन्। सन् २०२० विश्वमा परमाणु बमको संख्या १३ हजार ४०० रहेको थियो। परमाणु बमको संख्या घटे पनि तत्काल प्रयोग सकिने गरी तयारी अवस्थमा राखिएका परमाणु हतियारको संख्या भने बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्