परमाणु हतियारको होडः ३ हजार ८२५ हतियार आक्रमणको लागि तयारी अवस्थामा काठमाडौं।विश्वमा परमाणु हतियारको होड बढेको एक अध्ययनले देखाएको छ।अमेरिका,चीन,रुस,बेलायत,फ्रान्स, भारत,पाकिस्तान,इजरायल र उत्तर कोरियामा तत्काल आक्रमण गर्न मिल्ने अवस्थामा राखिएका परमाणु हतियारको संख्या बढेको पाइएको छ।परमाणु हतियारमाथि नजर राख्दै आएको अन्तर्राष्ट्रिय संस्था सिपरीका अनुसार सन् २०२१मा ती देशसँग तत्काल आक्रमण गर्न मिल्ने गरी ३ हजार ८२५ परमाणु हतियार छन्। सन् २०२० मा यो संख्या ३ हजार ७२० रहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्