निषेधाज्ञामा ७८ कैदीबन्दी थपिए चितवन। कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ जना कैदीबन्दी थपिएका छन्। कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन्। लागूऔषधका २३, जबर्जस्तीकरणीका १४, सवारी ज्यान मुद्दाका १२ र चोरी मुद्दाका सात,खोटा चलानका चार, काठ तस्करका तीन, ज्यान मार्ने उद्योगका २ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्