चीनका गतिविधिबाट सैनिक चुनौति बढेको नेटोको आरोप एजेन्सी। नेटोका नेताहरुले चीनले आफ्ना गतिविधिबाट गम्भीर सैन्य चुनौति प्रस्तुत गरेको आरोप लगाएका छन्। बेल्जियमको ब्रसेल्समा भएको बैठकमा नेताहरुले चीनका गतिविधिलाई प्रणालीगत चुनौति भएको बताएका छन्। उनीहरुले चीनले तीव्र गतिमा परमाणु क्षमता विस्तार गरिरहेको र आफ्ना सैनिकको आधुनिकीकरणमा अपारदर्शी रहेको उनीहरुको आरोप छ । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले चीन सैन्य तथा प्राविधिक क्षमतामा नेटोको हाराहारीमा आइसकेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्