दिलिप हत्या प्रकरण: क्रसर उद्योग व्यवसायी विपिन महतो पक्राउ

काठमाडौं। धनुषाका दिलिपकुमार महतोको हत्या भएको भोलीपल्ट आज विहान चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतोलाई प्रहरीले पक्राउ गरेको छ।

मिल्स एरियास्थित महतोको ससुराली घरबाट उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतले देखापढीलाई बताए ।

अवैध उत्खनन् मार्फत नदीजन्य वस्तु तस्करीको विरोध गर्दै आएका दिलिप महतोको हत्या भएको भन्दै उनका परिवारले दिएको उजुरीका आधारमा अनुसन्धान गर्न महतोलाई पक्राउ गरिएको बस्नेतले बताए ।

दिलिपका परिवारले क्रसर व्यवासायी महतोले दिलिपलाई धम्की दिएको बताउँदै आएका छन् । एसपी बस्नेतले भोली आइतबार अनुसन्धानका लागि अदालतबाट म्याद थप गर्ने बताए । “अब परिवारबाट जाहेरी लिएर अनुसन्धान अघि बढाउँछौं,” उनले भने ।

दिलिपलाई मर्निङ वाकमा निस्केकाबेला २५ पुस बिहान ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्