अमेरिकी राष्ट्रपतिको नजरमा रुसी राष्ट्रपति पुटिन : तीन महिना अघि ‘हत्यारा’, अहिले ‘योग्य विरोधी’ बीबीसी। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता हुनु एक दिनअघि उनलाई‘योग्य विरोधी’ बताएका छन्। बिहीबार जेनेभामा अमेरिकी राष्ट्र बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता हुँदैछ। बाइडेन राष्ट्रपति भएपछि भोली उनीहरुबीच पहिलोपटक प्रत्यक्ष भेटवार्ता हुन लागेको हो। नेटो बैठकमा सहभागी हुने क्रममा ब्रसेल्स पत्रकारहरुसँग कुरागर्दै बाइडेनले पुटिनलाई योग्य विरोधी बताएका हुन्। मार्चमा एक अन्तरर्वार्तामा बाइडेनले पुटिनलाई ‘हत्यारा’भनेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्