७८ किलो सुन चोरीमा संलग्न भनिएका तीन नेपाली भारतमा पक्राउ !
कैलाली। भारतबाट सुन चोरी गरेर भागेका सुदूरपश्चिमका तीन जना युवा पक्राउ परेका छन्। तीनै जनालाई भारतीय प्रहरीले बनबासा क्षेत्रबाट पक्राउ गरेको हो। भारतमा भएको ७८ किलो सुन चोरी प्रकरणमा उनीहरू संलग्न भएको भारतीय प्रहरीको भनाई छ।

नेपाल आउँदै गर्दा भारतको सीमावर्ती बजार वनबासाबाट आठ किलो सुन सहित तीन जना पक्राउ परेको भन्ने आफूहरूले जानकारी पाएको नेपाल प्रहरीका एक कर्मचारीले देखापढीलाई बताए।

उनीहरु दिल्लीबाट टनकपुरका लागि छुटेको बसमा आउँदै थिए।

नेपाल प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरूबारे भारतीय प्रहरीले विस्तृत सूचना दिन मानेको छैन।

नेपाल प्रहरीको एउटा टोली घटनाबारे बुझ्न वनबासातर्फ लागेको छ।

प्रतिक्रिया दिनुहोस्