आज यी स्थानमा छ बाढीको खतरा, सतर्क रहनुहोला काठमाडौं। मनसुन सुरु भएसँगै परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढीको जोखिम बढाएको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबई, कालिगण्डकी, भेरी र यसका सहायक नदी जलाधारमा बाढीको खतरा रहेको छ। लमजुङ,कास्की,पवर्त,बागलुङ,म्याग्दी,तनहुँ,स्याङ्जा,नवलपुर,पाल्पा,कपिलवस्तु,अर्घाखाँची, गुल्मी, प्यूठान,दाङ,बाँके,बर्दिया,रुकुम, कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र दार्चुलामा पनि आज बाढीको जोखिम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्