रक्षामन्त्री चढेको हेलिकप्टर पाल्पामा आकस्मिक अवतरण     <p>पाल्पा। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल चढेको सैनिक हेलिकप्टर पाल्पामा आकस्मिक अवतरण भएको छ।</p> <p>रुपन्देहीको बुटवलमा अवतरण हुनुपर्ने हेलिकप्टर मौसमको खराबीका कारण पाल्पामा अवतरण भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए।</p> <p>भोलि, २६ पुसमा रुपन्देही जिल्लास्थित नेपाली सेनाको मध्यपश्चिम पृतनाको कार्यक्रममा सहभागी हुन रक्षामन्त्री पोखरेल बुटबल प्रस्थान गरेका थिए। तर, हेलिकप्टर पाल्पा तानसेनमा अवतरण भएपछि मन्त्री पोखरेल गाडीमा बुटबलतर्फ लागेका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्