आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु काठमाडौं।आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र देशैभर सुरु भएको छ।दुई महिना ढिलो गरी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुन लागेको हो। नयाँ कक्षा प्रवेश र भर्ना प्रक्रिया सुरु हुने बताइएको छ। कोभिड महामारीका कारण अहिले अनलाइन पठनपाठन मात्र हुँदै आएको छ। कक्षा १० सम्मका लागि सुरु भएको शैक्षिक सत्रमा असार १५ गतेभित्र पाठ्यपुस्तक वितरण र विद्यार्थी भर्ना गरिसक्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्