दीपेन्द्रसिंह इपीएलको नयाँ सिजनमा काठमाडौं किंग्सबाट खेल्ने

काठमाडौं। गत सिजन चितवन टाइगर्सबाट खेलेका दीपेन्द्रसिंह ऐरीले एभरेष्ट प्रिमियर लिग(इपीएल)को नयाँ सिजन काठमाडौं किंग्सबाट खेल्ने भएका छन्।

१७ पुसबाट खुलेको खेलाडी सरूवा बजारमा दीपेन्द्रसिंहलाई काठमाडौंले अनुबन्ध गरेको छ। काठमाडौंका कप्तान सोमपाल कामी भने चितवन टाइगर्स पुगेका छन्। दुवै क्लबले कति रककमा खेलाडी अनुबन्ध गरेको भनेर खुलाएका छैनन्।

इपीएलले यस सिजन ‘ए’ श्रेणीमा १८ खेलाडीलाई वर्गीकरण गरेको थियो। खेलाडी र क्लबको आपसी सहमतिमा ‘ए’ श्रेणीका खेलाडी किनबेच गर्न पाउने प्रावधान राखेको थियो। यसरी खेलाडी किनबेच गर्दा ६० प्रतिशत रकम खेलाडी र ४० प्रतिशत रकम टीमलाई बुझाउनु पर्ने प्रावधान इपीएलले राखेको थियो।

काठमाडौंले नरेश बुढायरको स्थानमा सुवास खकुरेल र सुशील कँडेलको स्थानमा आकाश चन्दलाई टोलीमा अनुबन्ध गरेको छ। त्यस्तै पोखरा राइनोजले शक्ति गौचनको स्थानमा लोकेश बमलाई अनुबन्ध गरेको छ।

इपीएलले खेलाडी उपलब्ध नभएको अवस्थामा र सन्यास लिएको अवस्थमा मात्र उसको ठाउँमा अर्को खेलाडी राख्न पाउने प्रावधान राखेको थियो। ‘ए’ श्रेणी बाहेकका अन्य खेलाडी हेरफेर गर्नका लागि इपीएलले २६ पुसदेखि ९ माघसम्मका लागि समयसीमा तोकेको छ।

प्रतिक्रिया दिनुहोस्