बैतडीमा असार १५ सम्म निषेधाज्ञा बैतडी।बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ।आजसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय भएको हो।जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी असार १५ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।कोभिड–१९ को सङ्क्रमण घटे पनि अझै नियन्त्रण भइनसकेकाले निषेधाज्ञा केही खुकुलो गरी थप्ने निर्णय गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्