काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको कार्य प्रगति सन्तोषजनक नै रहेको बताएका छन्।
पुनर्निर्माण परामर्श परिषद्का अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलीले बाँकी काममा देखिएका समस्या समाधान गरी छिटो काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन समेत दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज पुनर्निर्माण परामर्श समितिको बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री ओलीले पुनर्निर्माण राम्रो गतिमा अघि बढेको र नेपालको पुनर्निर्माण तथा विपदको क्षेत्रमा काम गरेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूले आफूसँगको भेटमा पुनर्निर्माणमा नेपालले हासिल गरेको प्रगति उल्लेखनीय र अनुकरणीय भनेको जानकारी दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
उनले समस्या र जटिलताहरूलाई समाधान गर्दै पुनर्निर्माण अघि बढेको बताउँदै पुनर्निर्माणलाई अझ प्रभावकारी रूपमा अघि बढाउन नीतिगत र व्यवहारिक पक्षमा सुधार गर्न, काम गर्ने तरिकामा सुधार गर्न, सामाजिक जागरण बढाउन, संगठित संस्थाहरूलाई परिचालन गर्न, स्थानीय र प्राविधिकहरूलाई अझ सक्रिय पार्न निर्देशन दिए।
बैठकमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, परामर्श परिषदका उपाध्यक्ष विजयकुमार गच्छदार र मन्त्रीहरूको सहभागिता थियो।