काठमाडौं। सडक मानवमुक्त अभियान अन्तर्गत ३८९ जनालाई परिवासँग पुनःमिलन गराइएको छ।
काठमाडौं महानगरपालिकाले २९ मंसिरदेखि शुरू गरेको अभियान अन्तर्गत अहिलेसम्ममा ५५० जनालाई उद्धार गरेको छ। तीमध्ये ३८९ जनालाई परिवारसँग पुनःमिलन गराइएको हो, जसमा ३३७ पुरुष, ४५ महिला र सात बालक छन्। त्यसैगरी १३० जनालाई मनोपरामर्श दिइने क्रममा छ भने २९ जनालाई मानवसेवा आश्रममा राखिएको महानगरले जनाएको छ।
आश्रममा राखिएकामध्ये अधिकांश ज्येष्ठ नागरिक र अनाथ बालबालिका छन्। महानगरले २९ मंसिरदेखि तीन महीनाभित्र सक्नेगरी अभियान थालेको थियो। यसरी सडकमा जीवन बिताउनेमध्ये सबैभन्दा बढी कालीमाटी, ढल्कु, नयाँबजार, इन्द्रचोक, बौद्ध, पशुपति, चावहिलचोकगायतका स्थानमा छन्। सडकमा बस्नेहरू ४० भन्दा बढी जिल्लाका रहेका भए पनि बढी मात्रामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा र चितवनको रहेको पाइएको छ।
उद्धार गरिएकामा बढी पुरुष छन्। ती १६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन्। हरेक राति ८ देखि ११ बजेसम्म उद्धारको काम गर्नका लागि महानगर, प्रहरी, मानवसेवा आश्रमका प्रतिनिधिसहित ५० जनाको टोली खटिने गरेको छ। सडकका भरमा कोही पनि बस्नु नपरोस् भन्दै बिरामीलाई उपचार गर्ने, परिवार भएकालाई जिम्मा लगाइदिने र बेसहारालाई सहयोग गरी संरक्षण गर्ने महानगरको योजना छ।
कार्यक्रम सञ्चालन गरिएको तीन महीनामा ३२ वटै वडामा बेसहारा भई आफ्नो जीवन बिताइरहेकाको उद्धार गर्ने लक्ष्य महानगरको छ। शुरूआतीको पहिलो चार रातमा सडक किनारामै सुत्ने २१५ व्यक्तिलाई उद्धार गरिएको थियो। अभियान शुरू भएको पहिलो दिन सात महिला, ३४ पुरुष र एक बालक गरी ४२ को उद्धार भएको थियो।
दोस्रो दिन १० महिला, ४५ पुरुष एक बालक र एक बालिका गरी ५७ लाई उद्धार गरिएको थियो। १ पुसमा ११ महिला, ३७ पुरुष र एक बालक गरी ४९ र २ पुसमा तीन महिला, ६४ पुरुष गरी ६७ लाई राति काठमाडौंका विभिन्न सडक किनाराबाट उद्धार गरिएको थियो।
‘बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त महाअभियान घोषणा मूल व्यवस्थापन समिति को प्रदेश–३ का इञ्चार्ज सुमन बर्तौलाले उद्धार गरिएकामध्ये दुई जनाको मृत्यु भएको जानकारी दिए। मृत्यु हुने को हो भनेर अहिलेसम्म खुलेको छैन। पुसको पहिलो साता रानीपोखरी आसपासपाट उद्धार गरिएको उनीहरूको उपचारको क्रममा वीर अस्पतामा मृत्यु भएको हो।
सडकबाट उद्धार गरिएकालाई परिवार र आफन्तको जिम्मा लगाउन मुख्य समस्या छ। उद्धार गरिएकाले आफ्नो परिवारबारे सत्यतथ्य जानकारी नदिँदा उनीहरूलाई जिम्मा लगाउन समस्या भएको हो। यसरी संरक्षण गरिएकामध्ये अशक्त र अनाथको सङ्ख्या कम छ। परिवार भएका र सक्रिय जीवन जीउन सक्ने पनि घर फर्काइदिने पिरले आफ्नो ठेगाना भन्न मान्दैनन्।
“परिवारबारे जानकारी लिनका लागि उनीहरूलाई केही दिनको परामर्श नै आवश्यक छ, अन्यथा कठिन छ”, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भने।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार शुरू गरिएको बताए। उनले व्यक्तिको उद्धारपूर्वको अवस्थालाई तस्वीर र भिडियोसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन समितिलगायत निकायलाई निर्देशन दिएका छन्। शर्मिला पाठक/रासस