काठमाडौं। साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) क्लब र आयोजक न्यू डायमण्ड स्पोर्ट्स क्लबले आज तेस्रो संस्करणको होङ्ग्वान्जी न्यू डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा सम्पन्न समूह ‘बी’ को खेलमा न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई पराजित गर्दै समूह विजेता बनेको हो। समूह ‘ए’ मा एपीएफले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै समूह विजेता बनेको हो।
पराजित पुलिस क्लब र आर्मी क्लबले पनि उपविजेता बन्दै अन्तिम चारमा स्थान बनायो। भोलि, २६ पुसमा फाइनल प्रवेशका लागि हुने प्रतिस्पर्धामा एपीएफले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने न्यू डायमण्डले आर्मी क्लबसँग खेल्नेछ।
समूह ‘बी’ अन्तर्गत लिग चरणको अन्तिम खेलमा न्यू डायमन्डले पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो। न्यू डायमन्डले पहिलो दुई सेट जिते पनि पुलिस क्लबले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेको थियो।
डायमण्डले पहिलो सेट २५–१९ तथा दोस्रो सेट २५–२३ ले जितेको थियो। त्यसपछि पुलिस क्लबले १७–२५, १६–२५ लगातार दुई सेट जित्यो। निर्णायक सेटमा न्यू डायमण्ड १५–६ ले विजयी भयो।
एपीएफले आज लगातार दुई जित निकाल्दै समूह ‘ए’ को विजेता बन्यो। पहिलो खेलमा एपीएफले पारामाउन्ट इंग्लिस बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा हरायो। एपीएफले दोस्रो खेलमा त्रिभुवन आर्मीलाई पनि ३–० को सोझो सेटमा हरायो।
एपीएफले पारामाउन्टलाई २५–१८, २५–५, २५–९ ले हराएको थियो। दोस्रो खेलमा एपीएफले त्रिभुवन आर्मीलाई २५–२१,२५–१२, २५–२१ को सेटमा हरायो।
" /> काठमाडौं। साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) क्लब र आयोजक न्यू डायमण्ड स्पोर्ट्स क्लबले आज तेस्रो संस्करणको होङ्ग्वान्जी न्यू डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्।

">