लेबनान मिसनमा रहेका नेपाली सेनाको सफलता, ११ देशका सेनालाई पछि पार्दै जित्यो वातावरण पुरस्कार काठमाडौं। युनिफिल मिशन लेबनानमा खटिएको नेपाली सेनाको गणले यस बर्षको वातावरणीय सुरक्षा पुरस्कार जित्न सफल भएको छ। युनिफिल मिशन प्रमुख तथा फोर्स कमाण्डर उपरथी स्टेफेन डेल कोलले सो पुरस्कार नेपाली सेनाको गणपतिलाई हस्तान्तरण गरेका हुन्। प्रतिस्पर्धामा फ्रान्स, ईटाली, स्पेन, आयरल्याण्ड,भारत, मलेसिया, दक्षिण कोरिया, ईण्डोनेसिया र घानालगायत१२ राष्ट्रका १२ गण तथा बाहिनी सहभागी थिए। १२ टिममध्ये नेपाली सेना उत्कृष्ट ठहरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्