घोडचढीको उपाधि योग, रुद्र र खीलध्वजलाई

काठमाडौं। राष्ट्रिय घोडचढी प्रतियोगिताको छैटौं संस्करणमा योगबहादुर बस्नेत, रुद्रबहादुर कार्की र खीलध्वज खड्काले तीन फरक विधाको उपाधि जिते।

टुँडिखेलमा भएको प्रतियोगितामा सहभागीले टेन पेकिङ, शोजम्प र हाइजम्प गरी तीन स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। जसमध्ये हाइजम्पतर्फ खीलध्वज खड्का (गणेश) पहिलो भए। रामबहादुर दाहाल (सम्मोहन) दोस्रो हुँदा सविनकुमार पाखेरेल (आकांक्षा)तेस्रो भए।

शोजम्पतर्फ योगबहादुर बस्नेत (देवकी) पहिलो भए। लालबहादुर कुँवर (लमजुङ) दोस्रो भए भने रामबहादुर दाहाल (सम्मोहन) तेस्रो भए।

प्रतियोगिताको अर्को स्पर्धा टेन पेकिङमा रुद्रबहादुर कार्की पहिलो भए। गोविन्दबहादुर खड्का दोस्रो भए भने लक्ष्मण रावलले तेस्रो स्थान हात पारे।

यस प्रतियोगितामा २६ राइडरको सहभागिता थियो। सबै विधाको विजेताले जनही २० हजार, दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुनेले १० हजार रूपैयाँ पुरस्कार जिते।

प्रदर्शन खेलमा महिला राइडरहरूलाई प्रोत्साहनबापत् जनही पाँच हजार प्रदान गरिएको थियो। पुरस्कृत हुनेमा हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ थिए।

प्रतिक्रिया दिनुहोस्