काठमाडौं। सन्दीप लामिछानेले दुई विकेट लिएको दिन उनी सम्मिलित क्लब मेलबर्न स्टार्सले आज बिग बास लिगमा मेलबर्न रेनेगाडेसलाई सात विकेटले पराजित गरेको छ।
मेलबर्नको डकल्याण्ड रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको मेलबर्न रेनेगाडेसले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६८ रन बनाएको थियो। १६९ रनको लक्ष्य मेलबर्न स्टार्सले १६.६ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।
मेलबर्न स्टार्सका लागि कप्तान ग्लेन म्याक्सवेलले अविजित ५३ रन बनाए भने निक लार्किन ३२ रनमा अविजित रहे। हिल्टोन कार्टराइटले ३५ तथा बेन डन्कले १४ रन बनाए।
त्यसअघि मेलबर्न डर्बी खेलमा रेनेगाडेसका शन मार्शले ६३ रन बनाए। मार्शले ४३ बलमा सात चौका र दुई छक्का हाने। मार्शले मार्कुस ह्यारिससँग पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे। ह्यारिसले ३२ बलमा तीन चौका र दुई छक्कासहित ४२ रन बनाए। बेउ वेवस्टारले २५ रन बनाए। कप्तान ड्यानियल क्रिष्टेनले १२ तथा टोम कुपरले १५ रन बनाए।
सन्दीपले चार ओभरमा ३९ रन दिएर दुई विकेट लिएका हुन्। सन्दीप दुई तथा नाथन कोउल्टर–नेलले दुई र ह्यारिस राउफले एक विकेट लिए। सन्दीपले यसअघि ६ खेलबाट ६ विकेट लिइसकेका छन्।
" /> काठमाडौं। सन्दीप लामिछानेले दुई विकेट लिएको दिन उनी सम्मिलित क्लब मेलबर्न स्टार्सले आज बिग बास लिगमा मेलबर्न रेनेगाडेसलाई सात विकेटले पराजित गरेको छ।मेलबर्नको डकल्याण्ड रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको मेलबर्न रेनेगाडेसले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६८ रन बनाएको थियो। १६९ रनको लक्ष्य मेलबर्न स्टार्सले १६.६ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।

">