भोजपुरमा सौतेनी आमासँग शारीरिक सम्बन्धको रहस्य खुलेपछि वृद्ध बाबुको हत्या

भोजपुर। भोजपुरमा सौतेनी आमासँग शारीरिक सम्बन्धको रहस्य खुलेपछि आमा र छोरा मिलेर वृद्ध बाबुको हत्या गरिएको घटना सार्वजनिक भएको छ।

भोजपुर नगरपालिका–११, आम्तेकका ८८ वर्षीय दलबहादुर राईको उनकै कान्छी श्रीमती ५६ वर्षीया कर्णशोभा राई र छोरा ६५ वर्षीय हरिबहादुर राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी प्रमुख डीएसपी नरबहादुर सलामी मगरले जानकारी दिए।

२५ असोजमा ससुरालीमा दशैंको टीका लगाएर फर्कंदै गर्दा बाटोमा छोरा हरिबहादुरले कान्छी आमासँग मिलेर बाबुको घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ।

हरिबहादुरको सौतेनी आमासँगको शारीरिक सम्बन्ध थाहा पाएपछि वृद्ध बाबुको हत्या भएको प्रहरी अनुसन्धानबाट देखिएको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए।

बेपत्ता भनिएका दलबहादुरको शव १ मंसीरमा आम्तेककै अड्डेडाँडा छेउको खोलामा सडेको अवस्था फेला परेको थियो।

प्रहरीका अनुसार आराेपी दुवैले छिमेकी नारायण विश्वकर्मा र सन्तोष विश्वकर्मालाई पाँच हजार रूपैयाँ दिएर डोकोमा शव फ्याँक्न पठाएका थिए। हत्या आराेपी आमा–छोरा तथा शव फ्याँक्न सहयोग गर्ने नारायण र सन्ताेष पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरेर प्रहरीले घटना सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस्