पर्यटकीय क्षेत्र शोभातालमा थारु घरबास कञ्चनपुर।बेलौरी नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालमा थारु घरबास पर्यटन (होमस्टे)बनाउन सुरु गरिएको छ। शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने नगरपालिकाको योजनाअनुसार थारु होमस्टेको भवन बनाउन लागिएको नगर प्रमुख पोतिलाल चौधरीले बताए।होमस्टे भवन निर्माण कार्यको शिलान्यास गर्दै नगर प्रमुख चौधरीले आन्तरिक पर्यटन व्यवसायलाई प्रर्वद्धन गर्न र थारु समुदायको संस्कृति,रहनसहन,भेषभूषा र मौलिक खाद्य परिकार संरक्षण र प्रवर्द्धनका लागि होमस्टे सञ्चचालन गर्ने लगेको बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्