गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे हुम्ला। अदानचुली गाउँपालिका–२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ। गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि नजिक स्वास्थ्य चौकी नहुँदा एक घण्टा पैदल हिँडेर पालिका केन्द्र श्रीनगरमा स्वास्थ्यचौकीमा पुग्नु पर्ने बाध्यता छ। सिटामोलसमेत समयमै नपाउदा वृद्धवृद्धा बिरामी हुँदा थप समस्या हुने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्