जी–७ सम्मेलन स्थलअगाडि प्रदर्शन एजेन्सी। म्यानमारमा लोकतन्त्र जोगाउने मागसहित जी–७ शिखर सम्मेलन स्थलनजिक प्रदर्शन गरिएको छ। प्रदर्शनमा सयौं बर्मेलीहरु सहभागी थिए। बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीहरुले म्यान्मारमा तत्काल लोकतन्त्र पुनस्र्थापनाका लागि दबाब दिन जी–७ का नेताहरुलाई आग्रह गरे। प्लेकार्ड बोकेर उपस्थित भएका उनीहरुले म्यान्मारको सैनिक शासनविरुद्ध नारा लगाएका थिए। जी–७ का नेताहरुले म्यानमारमा खोसिएको लोकतन्त्रबारे ध्यान दिने अपेक्षा प्रदर्शनकारीहरुको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्