प्रवासीद्वारा पहिरो पीडितका ४० घर पुनःनिर्माण म्याग्दी। प्रवासीहरुले म्याग्दीका पहिरो पीडितका लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन्।रोजगारी, अध्ययन,व्यापार,व्यवसायलगायत विभिन्न कामको सिलसिलामा विदेशिएका म्याग्देलीहरु आबद्ध म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले पहिरो पीडितको आवास पुनःनिर्माण गरेको हो। ४० घर स्थानीय तह र प्रशासनमार्फत पीडितलाई उपलब्ध गराइने बताइएको छ। विश्वका विभिन्न देशमा रहेका म्याग्देलीहरुले आर्थिक संकलन गरेर घर बनाएका हुन्। मोनाले प्रतिघर पुनःनिर्माणका लागि पाँच लाख खर्च गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्