काठमाडौं। नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल प्रेसिडेन्ट कप नेपाल ईन्टरनेसनल सिरिज–२०२० को दुई स्पर्धामा उपाधिका लागि खेल्ने भएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा जारी प्रतियोगितामा प्रिन्सले आज पुरुष एकल र युगलतर्फको फाइनलमा स्थान बनाएका हुन्। प्रतियोगितामा दोस्रो वरीयताप्राप्त तथा विश्व जुनियर वरीयताको १४औं स्थानमा रहेका प्रिन्सले एकलतर्फ भारतका अभिन वशिष्ठलाई २१–१८, २०–२२, २१–१७ को सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्।
प्रिन्सले उपाधिका लागि प्रतियोगिताका पहिलो वरियता तथा विश्व जुनियर वरीयतामा तेश्रो स्थानमा रहेका भारतका मिरबा लुवाङ्गसँग प्रतिस्पर्धा गर्नेछन्। लुवाङ्गले श्रीलंकाका दुमिन्दु अबेविक्रमालाई २१–१२, २१–८ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
युगलतर्फ प्रिन्सले पेम्बा शेर्पासँग मिलेर नेपालकै अमृत चौधरी र जेबी साउदको जोडीलाई २१–१०, २१–११ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्। प्रिन्सको जोडीले अब भारतका आर बिकास प्रभु र अरुण कार्थिकको जोडीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। बिकास प्रभु र अरुण कार्थिकको जोडीले श्रीलंकाका दुमिन्दु अबेविक्रमा र दिगायु कहातापितियाको जोडीलाई २२–२०, २१–१५ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
महिला युगलतर्फ नेपालका रोन पाण्डे र अलिना सुनारले ‘वाक ओभर’ दिएपछि नेपालका विष्णा बिष्ट र प्रसुना खत्रीको जोडीले फाइनलमा स्थान बनाएका छन्। अब उनीहरूले उपाधिका लागि भारतका ग्नन्दा के र सानिया सिकन्दरको जोडीसँग प्रतिस्पर्धा गर्नेछन्। भारतीय जोडीले नेपालका निता लम्साल र सिमा राजवंशीको जोडीलाई २१–८, २१–१२ ले पराजित गरेका हुन्।
महिला एकलतर्फ भारतकी तस्निमा मिरले नेपालकी निता लम्साललाई २१–९, २१–९ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाइन्। मिरले अब फाइनलमा मलेसियाकी करुपथेभन लेत्शानासँग प्रतिस्पर्धा गर्नेछन्। लेत्शानाले भारतकी अनुपमा उपाध्यायलाई १७–२१, २१–१७, २१–८ को सेटमा पराजित गरेकी हुन्।
मिक्स डबलतर्फ पनि मिरले आयन रशिदसँग मिलेर फाइनलमा स्थान बनाए। मिरको जोडीले नेपालका गोकुल जोरा र निता लम्सालको जोडीलाई २१–१२, २१–११ ले पराजित गरे। भारतकै मुरुगप्पा के.एस. र सानिया सिकन्दरको जोडीले नेपालका पेम्बा शेर्पा र सिमा राजवंशीको जोडीलाई २१–२, २१–११ ले हराउँदै फाइनलमा स्थान बनाए।
" /> काठमाडौं। नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल प्रेसिडेन्ट कप नेपाल ईन्टरनेसनल सिरिज–२०२० को दुई स्पर्धामा उपाधिका लागि खेल्ने भएका छन्।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा जारी प्रतियोगितामा प्रिन्सले आज पुरुष एकल र युगलतर्फको फाइनलमा स्थान बनाएका हुन्। प्रतियोगितामा दोस्रो वरीयताप्राप्त तथा विश्व जुनियर वरीयताको १४औं स्थानमा रहेका प्रिन्सले एकलतर्फ भारतका अभिन वशिष्ठलाई २१–१८, २०–२२, २१–१७ को सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्।

">