आठ केजीको कछुवासहित ४ जना पक्राउ मोरङ। करिब ८ केजी तौल भएको कछुवासहित कछुवा ओसारपसारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरीले शनिबार राति उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका–१ का जीवन गुरुङ, सुनवर्षी नगरपालिकाका मेघराज थापा, निरज खडका र आकाश रायमाझी रहेका छन्। आवश्यक कारवाहीको लागि उनीहरुलाई सवडिभिजन वन कार्यालयमा बुझाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्