सिन्धुपाल्चाेक। एक भारतीय नागरिकको हत्या आरोपमा सातजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्दै आएका २७ वर्षीय राजकुमार मुखियाको हत्या अभियोगमा वीरगञ्ज महानगरपालिका–११ का २७ वर्षीय प्रेम यादव, २७ वर्षीय भोला माझी साह, ५३ वर्षीय राजेश मेत्तर, ४८ वर्षीय राजन साह, ३५ वर्षीय अशोक साह, २५ वर्षीय विनोद पासवान र रुपन्देही तिलोत्तमा नपा–१२ का ३६ वर्षीय सन्तोष थापामगरलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
फटकशीलाबाट १७ पुसमा ६ जना र प्रेम यादवलाई पर्सा प्रहरीको सहयोगमा २२ पुसमा वीरगञ्जबाट पक्राउ गरिएको हो। हत्याका मुख्य आरोपी ठेकेदार समीर मियाँ फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
इन्द्रावती गाउँपालिका–५, लामाटोलका पूर्णबहादुर तामाङको घरमा ठेकेदार मियाँको टोलीले ६ पुसमा ढलान कार्य सकेपछि उनीहरू सबैले मादक पदार्थ सेवन गरेकाे र राति ११ बजे ना७त २०९५ नम्बरको ट्र्याक्टर चढेर मेलम्ची बजार झरेका थिए।
प्रहरीका अनुसार बाटोमा विवाद भएपछि मुखियाकाे कुटपिट गरी हत्या गरेका थिए। ठेकेदारकै मिलेमतोमा मेलम्ची नगरपालिका–१०, फटकशीलाको चप्लेटा पाखा बगरमा शव फालेकाे अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ। उक्त ठाउँ आसपास दुर्गन्ध फैलिन थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। हत्याको ९ दिनपछि १६ पुसमा प्रहरीले शव बरामद् गरेको थियो। रासस
" /> सिन्धुपाल्चाेक। एक भारतीय नागरिकको हत्या आरोपमा सातजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्दै आएका २७ वर्षीय राजकुमार मुखियाको हत्या अभियोगमा वीरगञ्ज महानगरपालिका–११ का २७ वर्षीय प्रेम यादव, २७ वर्षीय भोला माझी साह, ५३ वर्षीय राजेश मेत्तर, ४८ वर्षीय राजन साह, ३५ वर्षीय अशोक साह, २५ वर्षीय विनोद पासवान र रुपन्देही तिलोत्तमा नपा–१२ का ३६ वर्षीय सन्तोष थापामगरलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

">